शुक्रबार, वैशाख ७, २०८१

प्रभु लाइफको खुद मुनाफा ७ करोड २६ लाख

नेपालखोज २०७९ साउन ३० गते १३:१४

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७८/७९ मा सात करोड २६ लाख ३८ हजार एक सय ४८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा १७ करोड ६ लाख ३१ हजार १९ रुपैयाँ रहेको छ ।

हाल चुक्ता पुँजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ६३ पैसा रहेको छ । सो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २३ रुपैयाँ १३ पैसा रहेको छ ।

प्रतिक्रिया