बुधबार, जेठ २, २०८१

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

नेपालखोज २०७९ साउन ३० गते १४:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी सिद्धार्थ बैंक स्मार्ट एक्स पी नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ ।

सिद्धार्थ बैंक स्मार्ट एक्स पीमार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ सेवाहरु उपभोग गर्न सक्नेछन् । यि सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले आफ्नो बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एपल एप स्टोर तथा गुगल एप स्टोरबाट सिद्धार्थ बैंकको एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्ने छन् । आधुनिक र नविनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न सकिनेछ ।

बैंकका अनुसार सिद्धार्थ बैंक स्मार्ट एक्स पीमार्फत ग्राहकहरुले पासवर्ड र पिन बिर्सिएमा आफैंले रिसेट गर्न, नयाँ चेकबुक अनुरोध गर्न, बैंकले दिने सेवासम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न, बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न एवं निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सक्नेछन् । यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दती खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङमार्फत क्यार कोड स्क्यान गरी भुक्तानी पाउनेलगायत सेवाहरु पनि ग्राहकले उपभोग गर्न सक्नेछन् ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिई आगामी दिनमा मोबाइल बैंकिङ सेवामा अरु पनि सुविधा थप गरी सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ ।

ग्राहकमैत्री प्रविधि भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवा जस्तै- अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर १९० शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), ११७ शाखारहित बैंकिङ सेवा, १,७०० भन्दा बढी पीओएस् मेसिन र २०,००० भन्दा बढी क्यूआर मर्चेन्टमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया