शुक्रबार, वैशाख ७, २०८१

कोरियामा ६२ हजार संक्रमित

नेपालखोज २०७९ साउन ३० गते १४:०७

सोल । दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप ६२ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । सरकारी अधिकारीले आज (सोमबार) दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरूको कुल सङ्ख्या दुई करोड १४ लाख १८ हजार ३६ पुगेको छ । केही दिन अगाडिसम्म दैनिक एक लाखको हाराहारीमा संक्रमित हुने गरेकोमा अहिले भने घटेको पाइएको छ । अघिल्लो हप्ता औसतमा दैनिक संक्रमितको सङ्ख्या एक लाख २४ हजार ८२९ रहेको थिय।

अहिले संक्रमित अवस्थामा रहेका मध्ये ५२१ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा नौ बढी हो । दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ५० भन्दा बढीको मृत्यु भएको छ । त्योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकारहरुको सङ्ख्या २५ हजार ६७३ पुगेको छ ।

प्रतिक्रिया