बिहीबार, वैशाख ६, २०८१

५५ अंकले नेप्से बढ्दा २ अर्ब ४३ करोडको सेयर किनबेच

नेपालखोज २०७९ साउन ३० गते १५:४५

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन २७ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) भने ५५ दशमलव ८८ अंकले बढेर दुई हजार ६५ दशमलव ८९ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २३ अंकले बढेर तीन सय ९८ दशमलव १३ अंकमा चढेको छ ।

दुई सय १५ कम्पनीको ४२ हजार आठ सय ९७ पटकको कारोबारमा ६० लाख २६ हजार एक सय ९२ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसअनुसार कुल कारोबार रकम दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय १२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा सोमबार १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक बढेर नेप्सेमा पूरै हरियाली छाएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १६ दशमलव ६४ अंकले बढेर १३ सय ५५ दशमलव ९० अंकमा चढेको छ । विकास बैंक समूहको सूचक एक सय ९० दशमलव ३२ अंकले बढेर तीन हजार सात सय ६८ दशमलव २८ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक एक सय पाँच दशमलव ७२ अंकले बढेर २४ सय ९० दशमलव ५१ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक दुई सय ५४ दशमलव १९ अंकले बढेर आठ हजार तीन सय १० दशमलव २९ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक एक सय ४३ दशमलव ५६ अंकले बढेर नौ हजार पाँच सय १२ दशमलव ७९ अंकमा चढेको छ । यस्तै फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज राधी जलविद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय १७ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा रिडी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य दुई दशमलव ७० प्रतिशतले घटेर ६ सय ३७ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्र्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता ६ सय ९२ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड दुई लाख ५२ हजार तीन सय ६७ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया