शुक्रबार, वैशाख २८, २०८१

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शो रुम !

नेपालखोज २०७९ साउन ३१ गते १४:३२

काठमाडौं । नेपालमा टीभीएस टू ह्‌विलरको एकमात्र वितरक जगदम्बा मोटर्सले स्याङ्जाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्टस् सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ शोरुम सञ्चालन कार्यक्रममा बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टीभीएस ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताए । ग्राहकलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधा थपिएको उनको भनाइ छ । टीभीएसले निरन्तर रूपमा आफ्ना ग्राहकको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको उनले बताए ।

कार्यक्रम स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेत, प्रहरी उपरीक्षक रवीन्द्र खनाल, सशस्त्र प्रहरी नायब उपरीक्षक राजेशलाल श्रेष्ठ, पुतलीबजार नगरपालिका ३ र ४ का वडाध्यक्षलगायत उपस्थित थिए ।

जगदम्बा मोटर्स प्रालि टीभीएसको एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टीभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकको मनमा स्थान बनाउन सक्षम भएको छ ।

प्रतिक्रिया