शुक्रबार, वैशाख ७, २०८१

सिसडोलको दुर्गन्ध हटाउने उपाय : ‘भोटिभेर घाँस’

भीम उपाध्याय २०७९ भदौ १ गते १२:२६

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अहिले चुनौतीका रुपमा रहेको छ । विगत केही महिनादेखि फोहोर उठेको छैन । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलका बासिन्दाले विभिन्न माग राख्दै फाहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् ।

यसैबीच नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले मेयर बालेन्द्र शाहलाई फोहोर व्यवस्थापन प्रभावकारी बनाउने उपायहरू सुझाएका छन् । यी हुन् उनले सामाजिक सन्जाल मार्फत् फोहोर व्यवस्थापन बारे दिएका सुझाव :

१. सिसडोलमा दुर्गन्ध हटाउन र हरियाली बनाएर माटो प्रदूषणमुक्त बनाउन तुरून्तै भोटिभेर घाँस (खसखस) रोपिहाल्ने, यसको जिम्मा श्याम गोयन्का र श्रीकमल द्विवेदीले लिन सक्नुहुन्छ। यो घाँसले २ महिनाभित्र सिसडोल चिन्न नसकिने गरी प्रदूषणमुक्त र हरियाली हुनेछ।
२. सडक छेउछाउमा भेटिभेर घाँस रोपेर भूक्षय र पहिरो रोक्ने । यसबाट वायु प्रदूषण र माटो बगाउने काम रोकिनेछ।
३. यो भेटिभेर घाँस हुर्काउँदै यसबाट औद्योगिक उपयोग गरेर आयआर्जन गर्न स्थानीयलाई जिम्मा दिने ।
४. सबै थोक तरकारी पसल र रेस्टुरेन्टले कुहिने फोहरबाट ७ घण्टाभित्र मल बनाउने उपकरण अनिवार्य राख्नुपर्ने । यसका लागि महानगरले केही अप्रत्यक्ष सहुलियत दिने घोषण गर्ने ।
५. कृषि सामाग्री संस्थानसँग सम्झौता गरेर कम्पोष्ट मल किनिदिने र वितरण गर्ने व्यवस्था गर्ने ।
६. हेटौंडामा विकसित गरिएको विश्वभरि निर्यात भइरहेको फोहरबाट उर्जा र मल बनाउने मेसिनलाई केही स्थानमा परिक्षण प्रयोग गर्ने, यसका लागि उद्योगी एडभान्स टेक एन्ड मेसिनका प्रमुख कृष्ण खतिवडासँग सहमति गर्ने।
७. प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा सरोकारवाला समावेश गरि फोहर व्यवस्थापन समिति गठन गरेर वडास्तरमा फोहरको संकलन र सफाई गराउने।
८. अस्पताल र ठूला होटलहरूले आफ्नो फोहर आफैँ उपकरण जडान गरेर वा कसैलाई आउटसोर्सिंग गरेर बिसर्जन गर्ने व्यवस्था मिलाउनुपर्ने।

प्रतिक्रिया