मंगलबार, चैत ६, २०८०

नेता, गाली र थुक !

अर्जुन पराजुली २०७९ भदौ २ गते १४:०६

गाली गरौं भन्छु नेतालाई
गालीको माया लाग्छ !
थुकौं भन्छु नेतालाई
थुकको माया लाग्छ !
मेरो देशमा-
नेतालाई गाली गरे
गालीकै बेइज्जत हुन्छ !
थुके
थुककै अपमान हुन्छ !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया