बिहीबार, वैशाख १३, २०८१

होटेल एलिस द अन्डर इन सञ्चालनमा आउँदै

नेपालखोज २०७९ भदौ २ गते १३:०५

काठमाडौं । होटेल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ । इमजिङ नेपालको लगानीमा निर्माण भइरहेको होटेल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो ।

कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोटस्थित निर्माण भएको होटेल एलिस ख्यातिप्राप्त धार्मिक स्थल मानसरोवर जाने प्रवेशद्वारमा पर्छ । हुम्ला आफैंमा पर्यटकीयस्थल रहेकाले पर्यटनका लागि रमणीय स्थलहरु छन् । पर्यटकीय दृष्टिकोणले निकै नै रमणीय रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि अति नै लोभलाग्दो दृष्य पनि छन् ।

होटेलले आन्तरिक तथा बाह्य पर्यटकका लागि विभिन्न ट्राभल एजेन्सीमार्फत व्यक्तिगत, कर्पोरट प्याकेजसहितको सेवा प्रदान गर्ने जनाएको छ । मानसरोवर जाने तीर्थयात्रीका लागि हुम्लाको सिमिकोट प्रवेशद्वार भएकाले धार्मिक पर्यटन प्रवर्द्धनमा होटेलले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको जनाएको छ ।

होटेल पर्यटन र पारिवारिक जमघटका लागि अति उपयुक्त र रमणीय वातावरणमा सञ्चालन भएकाले पर्वतीय पर्यटन विकासमा कोसेढुंगा हुने होटेलले विश्वास लिएको छ ।

प्रतिक्रिया