बुधबार, वैशाख १२, २०८१

चौबीस घण्टामा ५४२ संक्रमित, ४२१ जना निको

नेपालखोज २०७९ भदौ २ गते १६:०५

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ५४२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट मृत्यु संख्या शून्य रहेको छ ।

मन्त्रालयका अनुसार ४ हजार ९ सय ३० जनाको नमुना परीक्षण गर्दा ५४२ जनामा कोरोना संक्रमण देखिएको हो ।

२ हजार ८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जनामा र २ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४२१ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार २६५ पुगेको छ ।

प्रतिक्रिया