बिहीबार, चैत १५, २०८०

माओवादीको स्थायी समिति बैठक बस्दै, पदाधिकारी चयन गरिने !

नेपालखोज २०७९ भदौ ३ गते ७:३३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक अहिले ८ बजे बस्ने भएको छ । पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले हिजो (बिहीबार) साँझ ६ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो ।

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल भइरहेको र सांसदहरूले मतदान गर्नुपर्ने भएकाले बिहीबारको बैठक शुक्रबार बिहानका लागि सरेको हो ।

कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार आज (शुक्रबार) बस्ने स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको नाम प्रस्ताव गर्नेछन् ।

प्रतिक्रिया