मंगलबार, चैत ६, २०८०

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, महासचिवमा गुरुङको सम्भावना बलियो !

नेपालखोज २०७९ भदौ ३ गते ९:४०

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ ।

पदाधिकारीलाई अन्तिम रूप दिने तयारीस्वरुप बैठक बोलाइएको हो । कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार आजको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी छ । अध्यक्ष दाहालले आजको बैठकमा प्रस्ताव गरेको पदाधिकारीको नाममा सहमति जुटे आजै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउनेछ ।

यसअघि बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।

महासचिवमा देव गुरुङ हुने पक्का जस्तै छ । महासचिवका आकांक्षीद्वय वर्षमान पुन र जनार्दन शर्मा तथा गिरिराजमणि पोखरेल उपमहासचिव बन्ने बताइएको छ । उपाध्यक्षमा दीनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ ।

प्रतिक्रिया