बुधबार, वैशाख १२, २०८१

सुनचाँदीको मूल्य सामान्य घट्यो

नेपालखोज २०७९ भदौ ३ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया