मंगलबार, चैत ६, २०८०

दुर्घटनामा परी दुईको मृत्यु

नेपालखोज २०७९ भदौ ३ गते १६:५८

सप्तरी । सप्तरीमा छुट्टाछुट्टै घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका ३ मधुवनमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १८ वर्षीयको रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टेबल पङ्खा पर्खालमा राखी चलाइरहेको अवस्थामा अचानक उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका ५ जोगिनियामा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार सप्तरीको राजविराज नगरपालिका ९ मलेठ बस्ने विजय मेहताको ४० वर्षीय श्रीमती अनुराधा मेहताको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

भारदहबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ प७६२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएकी उनको पनि छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैबीच दुवै ठाउँको घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।-रासस

प्रतिक्रिया