शनिबार, जेठ ५, २०८१

खुल्यो सान्जेन जलविद्युत्‌को आईपीओ

नेपालखोज २०७९ भदौ ५ गते १३:५९

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीको आईपीओ आज (भदौ ५ गते आइतबार) देखि खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रको बासिन्दाको लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीको सेयर छिटोमा भदौ १९ गते र ढिलोमा असोज ४ गतेसम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ ।

कम्पनीले १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण सेयर स्थानीय बासिन्दाका लागि निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीको सेयरमा अति प्रभावित क्षेत्र आमाछोदाङमो गाउँपालिका ५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका ४, गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३, तथा न्यून प्रभावित बाँकी सबै जिल्लावासीका लागि आवेदन खुला गरेको हो ।

प्रतिक्रिया