शनिबार, जेठ ५, २०८१

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ भदौ ६ गते १०:४९

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँले घटेको छ । तेजाबी सुन आज प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया