बुधबार, वैशाख १२, २०८१

तन्नुश्री बनिन् ‘मिस टिन इन्टरनेसनल २०२२’

नेपालखोज २०७९ भदौ ८ गते १३:२२

काठमाडौं । ‘मिस टिन इन्टरनेसनल २०२२’ को फिनाले सम्पन्न भएको छ । गत सोमबार क्लासिक भेन्युमा भएको फिनालेमा तन्नुश्री मानन्धरले उपाधि चुम्न सफल बनेकी हुन् । त्यस्तै फर्सट रनरअप बिहानी पंगेनी र सेकेन्ड रनरअप अनमीका खनाल भएका छन् ।

फिनालेका लागि छानिएका १५ प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले यो उपाधि जितेका हुन् ।

निर्णायक मण्डलमा प्रवीण राई, फ्ल्याबिया श्रेष्ठ र सुशान्तकाजी श्रेष्ठ रहेका थिए । प्रविण राई यस सौन्दर्य प्रतियोगिताका आयोजक क्रियटिभ माइन्ड मिडिया एन्ड इभेन्ट प्रालिका अध्यक्ष पनि हुन् ।

त्यस्तै अर्का निर्णायक फ्ल्याबिया श्रेष्ठ ‘मिस कलेज आइकन २०१७’की विजेता, महिला उद्यमी र फ्ल्याबियाज भिजनकी निर्देशक पनि हुन् । तेस्रो निर्णायक सुशान्त काजी श्रेष्ठ, ‘म्यान अफ दी इयर २०१८’ र ‘मिस्टर काठमाडौं २०१८’ विजेता र काजी प्रोडक्सनका सीईओ पनि हुन् ।

प्रतिक्रिया