शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा ४८७ संक्रमित, १ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ ८ गते १६:२६

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ४८७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।

मन्त्रालयका अनुसार ४ हजार १ सय ७७ जनाको नमुना परीक्षण गर्दा ४८७ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जनामा र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६४ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ४ हजार २९८ पुगेको छ ।

प्रतिक्रिया