शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा ४४४ संक्रमित, ३ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ ९ गते १७:३०

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ४४४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट मृत्यु हुनेको संख्या ३ रहेको छ ।

मन्त्रालयका अनुसार ४ हजार ९ सय ५४ जनाको नमुना परीक्षण गर्दा ४४४ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ९९६ जनाको पीसीआर परीक्षण गर्दा २११ जनामा र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३०७ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ४ हजार १९९ पुगेको छ ।

प्रतिक्रिया