शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा २०२ संक्रमित, १ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ १२ गते १७:११

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर २०२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।

मन्त्रालयका अनुसार ३ हजार ८ सय ३३ जनाको नमुना परीक्षण गर्दा २०२ जनामा कोरोना संक्रमण देखिएको हो ।

२ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जनामा र १ हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४६२ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३ हजार ३१३ पुगेको छ ।

प्रतिक्रिया