शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा २२६ संक्रमित थपिए, २२३ जना डिस्चार्ज

नेपालखोज २०७९ भदौ १३ गते १६:२९

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर २२६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट मृत्यु हुनेमा शून्य रहेको छ ।

मन्त्रालयका अनुसार ४ हजार ११ जनाको नमुना परीक्षण गर्दा २२६ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जनामा र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२३ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३ हजार २३५ पुगेको छ ।

प्रतिक्रिया