शनिबार, जेठ ५, २०८१

सिर्जनशील लघुवित्तकाे आईपीओ बिक्री खुला

नेपालखोज २०७९ भदौ १५ गते ६:०६

काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आजबाट बिक्री खुला भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन आजबाट गरेको हो । 

निष्कासन गरिएको कुल सेयरमध्ये पाँच हजार ४७० कित्ता कर्मचारीहरूका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको तीन लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिने समय थप हुने छ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया