शनिबार, जेठ ५, २०८१

२२ अंकले नेप्से घट्दा एक अर्ब १२ करोडको सेयर किनबेच

नेपालखोज २०७९ भदौ १५ गते १५:३०

काठमाडौं । नेप्सेको बृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन दुई दिन लगातार बढेको नेप्से साताको चौंथो कारोबार दिन आज (बुधबार) भने २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३६ अंकले घटेर तीन सय ८४ दशमलव ५९ अंकमा झरेको छ ।

दुई सय २४ वटा कम्पनीहरुको २९ हजार पाँच सय ८४ पटकको कारोबारमा २९ लाख ९२ हजार आठ सय ७३ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम एक अर्ब १२ करोड ६२ लाख १७ हजार आठ सय ६२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा बुधबार १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहरुको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ । यो मध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव सात अंकले घटेर एक हजार तीन सय ३० दशमलव ९९ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक ६५ दशमलव ९७ अंकले घटेर तीन हजार पाँच सय १३ दशमलव ९७ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि ४९ दशमलव ७५ अंकले घटेर दुई हजार दुई सय ४२ दशमलव ७३ अंकमा झरेकोमा निर्जिवन बिमा समूहको सूचक पनि ४८ दशमलव ५७ अंकले घटेर सात हजार सात सय सात दशमलव ३७ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ३७ दशमलव ४४ अंकले घटेर नौ हजार दुई सय २९ दशमलव ७४ अंकमा झरेकोमा फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य १० प्रतिशतले बढेर दुई सय ५४ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा हिमालयन पावर पार्टनरको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ८६ प्रतिशतले घटेर तीन सय ३८ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता नौ सय २७ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा १० करोड ७४ लाख ८३ हजार ६ सय २१ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया