शनिबार, जेठ ५, २०८१

२६९ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ १६ गते १६:४५

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर २६९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ५५७जनाको नमुना परीक्षण गर्दा २६९ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जनामा र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१५ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३ हजार १५८ पुगेको छ ।

प्रतिक्रिया