सोमबार, वैशाख १७, २०८१

चोरी भएका २१ ओटा दुईपाङग्रे सवारी साधन फेला

नेपालखोज २०७९ भदौ १६ गते १६:४५

काठमाडौं । काठमाडौ उपत्यका ट्राफिक प्रहरीले विभिन्न मिति तथा समयमा चोरी भएका २१ ओटा सवारी साधन खाेजेर धनीलाई हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रका बीच सवारी हस्तान्तरण गरेकाे हाे ।

आज दिउँसो काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले धनीलाई सवारी साधन हस्तान्तरण गरेका हुन ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९।०८० को श्रावण महिना र भदौ महिनाको मध्य सम्ममा दुई पाङ्ग्रे सवारी साधन हराएको २२१ ओटा निवेदन प्राप्त भएकाे बताएकाे छ । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन खोजी गर्दा श्रावण र भदौ महिनाको मध्य सम्म१०१ ओटा सवारी साधन फेला परेका थिए ।

फेला परेका मध्ये श्रावण महिनामा ७३ ओटा र भदौ महिनाको मध्य सम्म १० ओटा सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको छ भने आज पनि २१ ओटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेसँगै यसै आर्थिक वर्षको भदौ १६ गते सम्म १०४ ओटा सवारी साधनलाई धनीको जिम्मा लगाइएको बताइएकाे छ ।

यसै आर्थिक वर्षमा चोरीका ८ ओटा दुईपाङ्गे सवारी साधन सहित ९ जना मानिसलाई भने आवश्यक कारवाहीको लागी परिसर तथा वृतमा पठाइएको छ ।

प्रतिक्रिया