शनिबार, जेठ ५, २०८१

नेप्से सूचक र कारोबार दुवै खुम्चियो, ४ अंकले घट्दा ९० करोडको काराेबार

नेपालखोज २०७९ भदौ २० गते १६:२६

काठमाडौं । नेप्से सूचक तथा कारोबार रकम दुवै खुम्चिएको छ । अघिल्लो दिन छ दशमलव ६८ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार भने चार दशमलव २९ अंकले घटेर १९ सय ७३ दशमलव एक अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८२ अंकले घटेर तीन सय ८२ दशमलव ९५ अंकमा खुम्चिएको छ । दुई सय २४ वटा कम्पनीहरुको २१ हजार चार सय ७१ पटकको कारोबारमा २४ लाख ४४ हजार तीन सय ४४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९० करोड ९९ लाख चार हजार सात सय ५१ रुपैंयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार हुँदा दुईवटा समूहको सूचक बढेर बाँकी ११ वटा समूहहरुको सूचक घटेका छन् । सो मध्ये लघुवित्त समूहको सूचक दुई दशमलव पाँच अंकले बढेर ४४ सय ७२ दशमलव ५१ अंकमा चढेकोमा उत्पादनमुलक समूहको सूचक पनि बढेको छ । वाणिज्य बैंक समूहको सूचक भने एक दशमलव ३९ अंकले घटेर १३ सय २७ दशमलव १९ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि १० दशमलव ८३ अंकले घटेर तीन हजार पाँच सय ५४ दशमलव आठ अंकमा झरेको छ ।

जलविद्युत समूहको सूचक छ दशमलव एक अंकले घटेर २२ सय ६९ दशमलव ९६ अंकमा झरेको निर्जीवन बिमा समूहको सूचक पनि चार दशमलव ३७ अंकले घटेर आठ हजार ८१ दशमलव १३ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि पाँच दशमलव छ अंकले घटेर नौं हजार तीन सय १७ दशमलव दुई अंकमा झरेकोमा फाईनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, अन्य, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज मैलुङ खोला जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ४३ प्रतिशतले बढेर चार सय ९३ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा रुरु जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ५५ प्रतिशतले घटेर नौं सय २० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज रिडी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता छ सय सात रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ९६ लाख ९४ हजार सात सय २१ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया