गठबन्धन शीर्ष नेताकाे बैठक बस्दै

नेपालखोज २०७९ भदौ २४ गते ७:११

काठमाडाैं । सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक बस्दैछ । आजकाे बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि सिट बाँडफाँडबारे तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने बताइएको छ ।

प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँडमा सहमति जुटाउन गठन भएको कार्यदलले बिहीबार शीर्ष नेतालाई प्रतिवेदन बुझाएका थिए ।

आज बस्ने बैठकमा सोही प्रतिवेदनमाथि शीर्ष नेतृत्वले छलफल गर्न लागेको हो । हालसम्म भएका छलफलका निचोडका आधारमा प्रतिवेदन तयार गरेर बिहीबार शीर्ष नेतृत्वलाई बुझाइएको हो । 

प्रतिक्रिया