बाँकेमा डेंगु संक्रमण बढ्दै

काठमाडाैं । बाँकेमा पछिल्लो समय डेङ्गुबाट संक्रमित हुनेको संख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु संक्रमण फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये आठ जना जिल्लाभित्रका छन् ।
बुधबारमात्रै डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका एक जना छन् । अन्य तीन जना बुटवल र काठमाडौँ आवतजावत गर्दा संक्रमित भएका पाइएको छ ।
यस्तै भेरी अस्पताल नेपालगञ्जमा पनि डेंगु र भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले डेंगुर भाइरल ज्वरोका बिरामी बढ्दै गएको उल्लेख गर्दै दमका रोगीसमेत बढेको बताए ।
‘अस्पताल भरिभराउ छ, बिरामी धेरै छन्’, उनले भने । डा. रिसालले लामखुट्टेबाट बच्नुनै डेंगुको संक्रमणबाट जोगिएकाे उल्लेख गर्दै त्यसबाट बच्न लामखुट्टेको बासस्थान नै नष्ट गर्न आवश्यक भएको बताए ।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकामा डेंगु सङ्क्रमित भेटिएपछि लामखुट्टेका लार्भा र फुल नष्ट गर्न थालिएको छ । रासस

प्रतिक्रिया