अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८४ पैसा

नेपालखोज २०७९ भदौ २४ गते ९:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३५ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८५ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया