पशुपति क्षेत्रका अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–८ का वडा अध्यक्ष आशामान संगतले पशुपतिनाथ वरपर रहेका अवैध संरचनाहरू तत्काल हटाउन व्यवसायीहरू आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाले सुचना जारी गर्दै अव्यवस्थित संरचनाहरू तत्काल अटाउन आग्रह गर्दा अटेको गरेको भन्दै अव्यवस्थित संरचना हटाउन थालिएको हो । पटकपटक आग्रह गर्दा समेत पसल तथा व्यवसायीहरूले नमानेपछि आफैँ फिल्डमा उत्रिनु परेको वडाअध्यक्ष आशामान संगतले बताए । उनले काठमाडौं महानगरले अव्यवस्थितसंरचना हटाउदैँ आईरहेको र वडाअध्यक्षहरूको यसमा साथ समर्थन रहेको र अव्यवस्थित संरचनाहरू खाली गराउन सके सबैमा समस्याको समाधान हुने बताए ।
पाशुपत क्षेत्रका पसल व्यवसायीहरूलाईहरूलाई आज आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गए भोलिदेखि महानगरले सामान उठाएर लाने समेत संगतले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाहरू भाडामा दिएर भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचनाहरू आजबाट बन्द गरिएको समेत वडाअध्यक्ष संगतले जानकारी दिए ।
अव्यवस्थित संरचनामा व्यापार व्यवसाय गर्दै आईरहेका व्यापारीहरूले चाडवाडको बिचमा रोजीरोटि गम्ने अवस्था आएकोले महानगर तथा वडाको सुचनालाई आत्मसात गर्दै संरचना तथा पसलहरू तत्काल हटाउने बताएका छन् ।केही गर्न खोज्दा एकपक्षलाई फाइदा तथा अर्को पक्षलाई घाटा हुने बताउदै उनिहरूले सबैको राम्रो हुने कामलाई साथ सहयोग गर्ने आग्रह समेत व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकाले हाल महानगर भित्र रहेका अवैध संरचनाहरू हटाउदैँ आइरहेको छ ।

प्रतिक्रिया