रानीको मृत्युमा शोक मनाउँदै बेलायत ! (तस्बिरसहित)
नेपालखोज
२०७९ भदौ २४ गते १२:०६

काठमाडौं । बेलायतको सबैभन्दा लामो समय सेवा गर्ने महारानी एलिजाबेथ द्वितीयको निधनको खबर आएलगत्तै देशभरका जनताले ठाउँ-ठाउँमा फूल चढाएर उनलाई श्रद्धान्जली अर्पण गरिरहेका छन् ।

बेलायती निवास बकिंघम प्यालेस बाहिर हजारौं मानिस भेला भएर फूल चढाएका छन् । मानिसहरूले रानीको घरको तस्बिर खिचिरहेका छन् । बकिंघम प्यालेसबाट आएको आधिकारिक घोषणाले बिहीबार दिउँसो स्कटल्याण्डको बालमोरल क्यासलमा रानीको निधन भएको जनाएको छ।

उनको मृत्युको सूचना बकिंघम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ।









सम्बन्धित

प्रतिक्रिया