पूर्वकप्तान लामिछाने सीपीएल छाडेर नेपाल फर्किँदै

काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय टिमबाट निलम्बन गरेसँगै नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने सीपीएलबाट बाहिरिएका छन् । उनले वेस्ट इन्डिजको क्रिकेट लिग गुमाएका हुन् ।
सन्दीप आबद्ध रहेको जमैका तलावाजले उनले प्रतियोगिता छोडेको बताएको छ । आज सामाजिक संजालमा एक स्टाटस लेख्दै सन्दीपले आफू तत्कालै सीपीएलबाट बिदा लिएर नेपाल आउने बताएका थिए । उनी एक दुई हप्ताभित्र नेपाल फर्किने स्रोतले जनायो । पक्राउ पूर्जी जारी गरिएसँगै नेपाल प्रहरीले उनीसँग संवाद गरिरहेको स्रोतको भनाइ छ ।
बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेकाे थियो । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै उनले कानुनप्रति भरोसा रहेको बताएका छन् ।

प्रतिक्रिया