शनिबार, जेठ ५, २०८१

नेप्से १,९३७ दशमलव ७४ अंकमा सिमित, सातामा ५ अर्ब चार करोडको कारोबार

नेपालखोज २०७९ भदौ २४ गते १५:१९

काठमाडौं । यो साता नेप्से १९ सय ३७ दशमलव ७४ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ३ सय ७६ दशमलव ८४ अंकमा सिमित भएको छ ।

सातामा २ सय २७ वटा कम्पनीहरुको १ लाख १३ हजार ७ सय ५८ पटकको कारोबारमा १ करोड ४८ लाख ७६ हजार १ सय ४६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ४ करोड २९ लाख ५७ हजार ५ सय १६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको झन्डै दुई अब रुपैयाँले कम हो ।

गत साता भने नेप्सेमा ३ सय २६ वटा कम्पनीको १ लाख ६२ हजार ९ सय ३६ पटकको कारोबारमा २ करोड १२ लाख ४५ हजार ७ सय ७८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५५ करोड ४३ लाख ५८ हजार ९ सय २४ रुपैयाँ पुगेको थियो । यो साता पाँच कार्य दिन मात्र नेप्से खुल्ला रहेको थियो । सोमध्ये पहिलो दिन नेप्से बढेको थियो भने बाँकी दिनहरुमा नेप्से घटेको थियो । छैंठौं दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

कारोबार खुलेको मध्ये पहिलो दिन ६ दशमलव ६८ अंकले बढेर १ हजार ९ सय ७७ दशमलव ३० पुग्दा पुग्न सफल भएको नेप्से पाँचौं दिन २ दशमलव १३ अंकले घटेर १ हजार ९ सय ३७ दशमलव ७४ अंकमा सिमित हुन पुगेको छ । यसबिचका दिनहरुमा पनि नेप्से लगातार घटेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन शून्य दशमलव ५७ अंकले बढेर ३ सय ८३ दशमलव ७७ अंकमा पुगेकोमा पाँचैं दिन पनि शून्य दशमलव ५४ अंकले घटेर ३ सय ७६ दशमलव ८४ अंकमा सिमित हुन पुगेको छ । यसबाहेकका बाँकी दिनहरुमा भने सेन्सिटिभ इन्डेक्स लगातार घटेको थियो ।

यो साता हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नेपाल टेलिकम, नेशनल हाइड्रो पावर कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया