आन्दोलनका कार्यक्रम फिर्ता लिनू : आयल निगम

नेपालखोज २०७९ भदौ २४ गते १६:३१

काठमाडौं । नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगन गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरेको छ । दशैं, तिहार तथा छठ शुरु हुने क्रममा रहेकोले सर्वसाधारणको लागि अति आवश्यक पेट्रोलियम पदार्थहरुको आयात, ढुवानी एवं विक्री वितरण सहज बनाउने कार्यमा अवरोध नगर्न आग्रह गरेको छ ।

निगमले संचालक समितिमा तहाको मागका सन्दर्भमा पटकपटक छलफल गरेर आवश्यक निर्णय हुने क्रममा रहेको बताउँदै आवश्यक पेट्रोलियम पदार्थहरुको आपूर्ति तथा विक्री वितरणमा अवरोध पुर्याउन तहाबाट चरणबद्ध रुपमा सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरु फिर्ता लिन अनुराेध गरेकाे हाे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यलाई सोधन गरिएको बोधार्थ पत्र प्राप्त भएकाे र महासंघले साउन २४ गतेबाट भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पि‍. डि. ओ. नलिने एवं भाद्र २५ बाट सबै नाकाबाट भारततर्फ लोडिग गर्न नजाने लगायतका कार्यक्रम सार्वजनिक गरेको प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको बताएकाे छ।

प्रतिक्रिया