चौबीस घण्टामा १५२ संक्रमित, २ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ २४ गते १६:४९

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर १५२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट २ जनाको मृत्यु भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार ३ हजार २९४ जनाको नमुना परीक्षण गर्दा १५२ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार १८६ जनाको पीसीआर परीक्षण गर्दा ११० जनामा र २ हजार १०८ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३३ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने २ हजार ४४८ पुगेको छ ।

प्रतिक्रिया