महारानी एलिजाबेथको निधनमा नेपालले तीनदिन शोक मनाउने

नेपालखोज २०७९ भदौ २४ गते २०:५३

काठमाडौं । नेपाल सरकारले बेलायती महारानी एलिजाबेथको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजाबेथको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको हो । 

सरकारले शनिबारदेखि सोमबारसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो । नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि सरकारले गरेकाे छ । एलिजाबेथको गएराति निधन भएको थियो । 

प्रतिक्रिया