आइतबार, वैशाख १६, २०८१

तामाङ र नेवारी भाषालाई कामकाजको भाषा बनाउन समिति गठन

नेपालखोज २०७९ भदौ २८ गते १०:४७

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तामाङ र नेवारी भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन प्रक्रिया थालेको छ । यसका लागि सरकारले प्रदेशका प्रमुख सचिवको नेतृत्वमा एक समिति गठन गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

उनकाअनुसार समितिका सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव एवं आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहेका छन् । समितिले अध्ययन गरेर उपलब्ध गराउने प्रतिवेदनका आधारमा आवश्यक ऐन आदि निर्माण गरेर कामकाजको भाषा लागू गरिने मन्त्री जम्कट्टेलले बताए ।

उनका अनुसार प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशभित्र नेपाली भाषासहित नेवारी र तामाङ भाषालाई कामगाजको भाषा बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरकोे थियो । ‘यो हाम्रो पहिलेदेखिकै माग थियो, त्यसलाई कार्यान्वयनमा लान थालिएको हो’ उनले भने । – रासस

प्रतिक्रिया