शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा ११० संक्रमित, १ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ ३१ गते १६:०५

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ११० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ८२७ जनाको नमुना परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा ६० जनामा र २ हजार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२६ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने २ हजार ६२ पुगेको छ ।

प्रतिक्रिया