आइतबार, वैशाख २३, २०८१

नेप्से १,९१० अंकमा, सातामा ६ अर्ब ९८ करोड ९० लाखको कारोबार

नेपालखोज २०७९ असोज १ गते ११:५३

काठमाडौं । नेप्से यो साता एक हजार नौ सय १० दशमलव ३८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७१ दशमलव ९० अंकमा पुगेको छ । सातामा दुई सय ३२ कम्पनीको एक लाख ४६ हजार दुई सय ९३ पटकको कारोबारमा दुई करोड २७ लाख ६० हजार एक सय ४३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ९८ करोड ९० लाख ७१ हजार छ सय १० रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा बढी हो ।

गत साता भने दुई सय २७ कम्पनीहरूको एक लाख १३ हजार सात सय ५८ पटकको कारोबारमा एक करोड ४८ लाख ७६ हजार एक सय ४६ कित्ता सेयर खरिद-बिक्री भएको थियो । जसबाट उक्त साता कुल कारोबार रकम पाँच अर्ब चार करोड २९ लाख ५७ हजार पाँच सय १६ रुपैंयाँ पुगेको थियो । यो साता नेप्से ६ दिन नै खुला रहेकामा तेस्रो र चौथो दिन नेप्से बढेको थियो भने बाँकी दिनहरूमा नेप्से घटेको थियो ।

जसमध्ये पहिलो दिन ११ दशमलव ४६ अंकले घटेर एक हजार नौ सय २६ दशमलव २८ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन भने १४ दशमलव एक अंकले घटेर एक हजार नौ सय १० दशमलव ३८ अंकमा खुम्चिन पुगेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन दुई दशमलव एक अंकले घटेर तीन सय ७४ दशमलव ७३ अंकमा सीमित हुन पुगेकामा अन्तिम कारोबार दिन दुई दशमलव २३ अंकले घटेर तीन सय ७१ दशमलव ९० अंकमा सीमित हुन पुगेको छ । यीबाहेकका दिनमा दुई दिन नेप्से बढेको थियो भने बाँकी दिनमा घटेको थियो ।

यो साता नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएका छन् भने शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया