शनिबार, जेठ ५, २०८१

दक्षिण कोरियामा १९ हजार ४०७ जनामा कोरोना

नेपालखोज २०७९ असोज ३ गते १५:३९

सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात आइतबार मध्यरातीसम्ममा १९ हजार चारसय सात कोरोनाका नयाँ संक्रमित थपिएका जनाएको छ । यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ४४ लाख १३ हजार आठ सय ७३ जना भएका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा १९ जनाले बढेर ५०८ पुगेको छ । संक्रमणको कारण ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैसँगै मृतकको सङ्ख्या २७ हजार आठ सय ६७ पुगेको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको छ ।

प्रतिक्रिया