बिहीबार, वैशाख १३, २०८१

भगवानका गुण !

नेपालखोज २०७९ असोज ५ गते ५:००

१. ज्ञान
ज्ञान नाम सर्व साक्षत्कार रुपम् अर्थात् हामी एक पटकमा दुईवटा आँखा नै रहेको भएपनि एउटा मात्रै वस्तुलाई देख्न सक्छौं । तर, भगवानको विशेषता यस्तो छ कि एकैपटक भगवान्ले सर्वत्र साक्षत्कार गर्न सक्छन् । अर्थात् एकैपटक सबै ठाउँमा देख्न सक्छन् ।

२. शक्ति
अघटित घटना सामथ्र्यत्वम् इति शक्ति । अर्थात् नघटेको घटना घटाउनसक्ने क्षमता राख्नु नै भगवानको शक्ति हो । भगवानको संकल्पबाट नै सबै क्रियाकलाप हुने भएकोले भगवानको शक्ति अघटित घटना सामथ्र्यत्वम् भन्न सकिन्छ ।

३. वल
त्यस्तै, भगवानस्य बल अर्थात् धारणसामथ्र्यम् हो । अर्थात्, भगवान एक्लैले समग्र पृथ्वीको र समग्र ब्रह्माण्डको धारण गर्न सक्ने क्षमता नै भगवानको बल हो ।

४. ऐश्वर्य
भगवानको ऐश्वर्य भनेको नियमन क्षमता हो । अर्थात् नियमन सामथ्र्यत्वम् इति भगवत् ऐश्वर्य लक्षणम् । अर्थात् पृथ्वीमा विभिन्न विरुवा र जीवहरुको सृष्टि गर्न क्रममा नियमनलाई मूल ध्यान दिनु भगवान्को ऐश्वर्य हो ।

५ वीर्यत्व
अविकारित्वम् भगवानको वीर्य हो । वीर्य नामक गुणको कारण श्री भगवान सम्पूर्ण जगतको उपदान कारण भएर पनि विना कुनैपनि विकार जस्ताको त्यस्तै रहनुलाई नै अविकारित्वम भनिन्छ ।

६. तेज
शत्रुलाई प्रभावहीन बनाउने शक्तिलाई नै तेज भनिन्छ । भगवानको यो तेजरुपी शक्तिका कारण नै रावण आदि शत्रुहरु परास्त हुने गरेका छन् । यही नै भगवानको तेज रुपी शक्ति हो ।

यसबाहेक आश्रित जीवहरुप्रति शरीर वाणी र व्यवहारबाट एउटै काम गर्ने भगवानको गुण आर्जव हो । सामान्य मानिसले बोल्ने र गर्ने काममा पुरै फरक गर्ने गरेका छन् । तर, भगवानको विशेष गुण भित्र त्यसको ठीक विपरित गुण हुने गरेको छ । यससँगै आफ्नो आश्रित जीवको रक्षा गर्ने सौहार्दता, आश्रित जीवलाई शरणागतीमा लिने र उनीहरुलाई आफूप्रति जानकार बनाउनु भगवानको नयाँ गुण हो । यससँगै कारुण्य, माधुर्य, गाम्भीर्य र आदर्य भगवानको मुलभूत गुणहरु हुन् ।

प्रतिक्रिया