बिहीबार, चैत १५, २०८०

जापानी येन १० को खरिददर ८ रुपैयाँ ८६ पैसा, बिक्रीदर ८ रुपैयाँ ९० पैसा

नेपालखोज २०७९ असोज ५ गते ९:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०६ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८६ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया