शुक्रबार, वैशाख ७, २०८१

‘सन्तापको धून’ लोकार्पण

नेपालखोज २०७९ असोज ५ गते ११:०८

पोखरा । कथाकार डा. अशोक थापाको कथा संग्रह ‘सन्तापको धून’ पोखरामा लोकार्पण भएकाे छ । पुछार सिटे अभियानले आयोजना गरेको लोकार्पण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली नाटकका समिक्षकका रुपमा र एउटा प्राध्यापक रुपमा चिनेका डा. अशोक थापाको कथा उत्कृष्ट रहेको बताए ।

उनले देशको सर्वोच्च न्यायलयको अहिलेको अवस्था प्रति व्यंग्य गर्दै लेखकलाई अभियुक्त अनि समालोचकलाई न्यायधिसको रुपमा अथ्र्याएका छन् । साथमा उनले समालोकको पनि समाजले समालोचना गर्ने धारणा राखे ।

पुस्तक माथि टिप्पणी गर्दै समालोचक प्राडा रामचन्द्र पोखरेलले लेखकले नेपाली समाजमा, भोगेका र अनुभव गरेका कुरा जस्ताको तस्तै उतारेको धारणा राखे । उनले समाजको प्रभाव राजनीति र श्रष्टामा पनि पर्ने बताए । उनले पुस्तक नेपाली मानवीय समवेदनको गहिराईमा पुगेको उल्लेख गरे ।

अर्का टिप्पणीकर्ता आख्यानकार गनेस पौडेलले आफूलाई पुस्तक पढ्दा फरक खालको कथा पढेको अनुभुति भएको बताए । उनले किस्सालाई कथामा परिणत गर्न लेखक सफल भएको भन्दै उपन्यास, कविता र गजल भन्दा कथा लेख्न थोरै कठिन रहेको अनुभव सुनाएका थिए ।

समिक्षक रिता अधिकारीले पुस्तक माथि समिक्षा गर्दै पुस्तकमा निम्न बर्गका आमाको कथा, हुनेखानेको हैकम, पुरुष र पुरुष सत्ताले गरेको दमनलाई जिवन्त रुपमा उतारेको धारणा राखिन् । कथाकार एवं पुस्तकका लेखक डा. अशोक थापाले कथाको शीर्षक अमुर्त राखेको भनेर आलोचना भएपनि आफूले अमुर्त नै शीर्षक राखेको जानकारी दिए ।

विश्व विद्यालयमा पढाउने प्राध्यापकको नाताले अरुलाई सिकाउन सजिलो भएजस्तो आफैले लेख्दा आलोचना खेप्ने डर आफूमा रहेको अनुभव उनले सुनाए । ठूला कुरा खोज्ने र पस्कने अभिष्टका कारण कथा लेखनमा ढिलाई भएको बताएका उनले लकडाउनका बेला तालुमा टालिएको धुलोको पनि कथा हुने अनुभव लिएर पुस्तक लेखेको बताए ।

पुछारसिटे अभियानका अध्यक्ष सुरज उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमका अभियानका अभियान्ता सन्दिप अधिकारी र सञ्जिव पौडेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया