शनिबार, वैशाख २२, २०८१

११ अंकले नेप्से बढ्दा ७२ करोड १२ लाखको सेयर किनबेच

नेपालखोज २०७९ असोज ५ गते १५:३६

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ३८ दशमलव ८१ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज (बुधबार) भने ११ दशमलव १९ अंकले बढेर १८ सय ४८ दशमलव ८० अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव एक अंकले बढेर तीन सय ६० दशमलव ८८ अंकमा पुगेको छ ।

नेप्सेमा बुधबार दुई सय २६ वटा कम्पनीहरुको १९ हजार आठ सय ७९ पटकको कारोबारमा २५ लाख ३१ हजार तीन सय ७० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ७२ करोड १२ लाख ५९ हजार आठ सय ८४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शुन्य ६ अंकले घटेर बाँकी समूहको सूचक बढेका छन् । तिमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव ७४ अंकले बढेर १२ सय ८१ दशमलव ३१ अंकमा चढेको छ । बिकास बैंक समूहको सूचक पनि ४४ दशमलव ७५ अंकले बढेर तीन हजार दुई सय ७७ दशमलव १५ अंकमा चढेको छ ।

जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ७४ अंकले बढेर दुई हजार दशमलव ३० अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक ३५ दशमलव ३५ अंकले बढेर आठ हजार सात सय ६६ दशमलव ६४ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक १९ दशमलव ६४ अंकले बढेर सात हजार पाँच सय ४५ दशमलव २६ अंकमा चढेकोमा फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, ट्रेडिङ, लघुवित्त र लगानी समूहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज सामलिङ पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ८९ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा वीन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ६३ प्रतिशतले घटेर आठ सय ८५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नविल बैंकको प्रतिकित्ता सात सय ६२ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा तीन करोड ३८ लाख १५ हजार चार सय ४८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया