बुधबार, वैशाख १२, २०८१

‘मुर्खसँग न मित्रता न दुश्मनी’

नेपालखोज २०७९ असोज ७ गते ५:००

आचार्य चाणक्यको नीति अनुसार यदि कुनै व्यक्तिले कष्टबाट बच्न र सुखी जीवन बिताउन चाहन्छ भने यी ७ व्यक्तिसँग कहिल्यै शत्रुता गर्नु हुँदैन ।

१. राजा वा प्रशासन
राजा वा प्रशासनसँग प्रत्यक्ष लडाइँ गर्नु भनेको जेलमा जानु वा ज्यान जाने खतरा हो ।

२. आत्म
यदि कुनै व्यक्तिले आफैं लाई घृणा गर्छ, आफैंलाई अपमान गर्छ, शरीर र मनको ख्याल राख्दैन भने, मृत्यु कुनै पनि समयमा आउन सक्छ ।

३. शक्तिशाली
बलियो व्यक्तिसँग शत्रुता प्राप्त गर्नु, चाहे पैसा, शरीर वा हतियारले, मृत्युलाई निम्तो दिनु हो ।

४. ब्राह्मण
ब्राह्मण वा विद्वान प्रति घृणा भए परिवार नष्ट हुन्छ ।

५. मूर्ख
मुर्खसँगको मित्रता नराम्रो हुन्छ र दुश्मनी पनि नराम्रो हुन्छ । टाढै बस्दा राम्रो हुन्छ । तिनीहरूले तपाईंको छवि कलंकित गर्न सक्छन् ।

६. डाक्टर वा वैद्य
उपचार गर्ने डाक्टर वा वैद्यसँग शत्रुता नगर्नुहोस् । उसले तपार्इंलाई हानि गर्न सक्छ ।

७. नजिकका साथीहरू
तपाईंको सबै गोप्य कुराहरू जान्ने साथीसँग शत्रुता मोल्लनु भनेको छविलाई बिगार्नु हो ।

प्रतिक्रिया