शुक्रबार, वैशाख ७, २०८१

‘टोलमा छुरा हान्छ कसले ?’

अर्जुन पराजुली २०७९ असोज ७ गते ८:०३

अब, बगली मार्छ कसले ?!
मीटर-याजको बल्छीमा पार्छ कसले ?!
छोरी-बहारी सीमानापारि तार्छ कसले ?!
सार्वजनकि जग्गालाई सरुवा गरेर
नीजी लालपुर्जामा सर्छ कसले ?!

अब भष्टाचारको दियो बाल्छ कसले ?!
कात्रोमा खल्ती हाल्छ कसले ?!
सिटामोलमा कमिशन खान्छ कसले ?!
टोलमा छुरा हान्छ कसले ?!

लोभ नगरीकन समाजलाई
बलात्कारको उपहार दिन्छ कसले ?!
देश समृद्ध बनाउन अब
अपहरणको जिम्मा लिन्छ कसले ?!

यी सानातिना काम अब-
बिचल्लीमा पर्ने भए !
कसैले नगर्ने भए !
ठुला ठुला काम गर्न जब-
यी खेतालाहरू सबै
सम्सद भवनमा बसाईं सर्ने भए !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया