शुक्रबार, चैत १६, २०८०

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ असोज ७ गते ११:४३

काठमाडौं । नेपाली बजारमा आज (शुक्ररबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेको ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ १ हजार रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया