शनिबार, वैशाख ८, २०८१

नागरिकता विधेयकमाथिको सुनुवाइ आइतबार हुने

नेपालखोज २०७९ असोज ७ गते १६:१०

काठमाडौं । सर्वोच्च अदालतमा दायर भएका पाँच वटा रिटमा सुनुवाइ आइतबार हुने भएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियाे ।

नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको विधेयक आज न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो । तर सुनुवाई आगामी आइतबारलाई सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको धारा ११३ (४) को  उल्लंघन गरेको रिटमा उल्लेख छ।

प्रतिक्रिया