शुक्रबार, चैत १६, २०८०

लाओसमा पच्चीस हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमित

नेपालखोज २०७९ असोज ७ गते १७:५०

भेन्टियान । लाओसमा गत पुषदेखि देशभर डेङ्गु ज्वरोका कुल २५ हजार पाँच सय ४६ जना सङ्क्रमित भएका छन् । वितेका चाैबीस घण्टामा डेङ्गु ज्वरोका एक सय ६२ थप व्यक्तिहरुको सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ ।

लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन् । लुआङ नम्था प्रान्तमा तीन हजार छ सय १४ र अटापेउ प्रान्तमा एक हजार ४ सय ५४ जनामा डेङ्गुका बिरामी फेला परेका छन् ।

प्रतिक्रिया