मंगलबार, वैशाख ११, २०८१

डा. केसीको जीवन रक्षाका लागि इन्सेकको अपिल

नेपालखोज २०७९ असोज ७ गते १७:५८

काठमाडौं । व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएकाले १२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकार समक्ष इन्सेकले माग गरेको छ ।

डा. गोविन्द केसी २० औँ अनशन बसेको १२ दिन भएको छ । यसअघिका सम्झौता कार्यान्वयनको मागसहित धनगढीस्थित कृष्ण मन्दिरमा भदौ २७ गतेबाट अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या आएको भन्दै सेती अस्पतालमा उपचारार्थ भर्ना भएको र हाल त्रिविवि शिक्षण अस्पतालमा ल्याएर उपचार गराइएको छ ।

’चिकित्सा सुधारसहितका सात बुँदे माग राखेर धनगढीबाट अनशन थाल्नु भएका डा. केसीसँग सार्थक वार्ता गरी जीवन रक्षाका लागि हामी जोडदार माग गर्दछौँ ।’–विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया