शुक्रबार, वैशाख १४, २०८१

चौबीस घण्टामा ७६ संक्रमित, ८७ जना निको

नेपालखोज २०७९ असोज ७ गते १७:४४

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ७६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शुन्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ६९ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ८३० जनाको पीसीआर परीक्षण गर्दा ५३ जनामा र २ हजार २३९ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८७ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार ३७१ पुगेको छ ।

प्रतिक्रिया